पोखरा,२ पुष मंसीर २०८१।
चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आउने बताएकी छन् । श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको उनको भनाई रहेको छ ।
‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु’, उनले सामाजिक सञ्जालमा अगाडि लखेकी छन् ‘बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को । कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् ।’ उनले मिडियाले धर्म छाडेको समेत आरोप लगाएकी छन् ।
‘मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ उनले अगाडि भन्छिन् ‘आफ्नो सम्पूर्ण बैकिङविवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ।’ उनले आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए आफैले बताउने बताएकी छन् ।
निकिता पौडेल लामिछानेको स्टाटस जस्ताको तस्तै:
आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।’
मैले पनि हाँस्दै भने, ‘त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’
बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’काे।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।
मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।