पोखरा, २६ जेठ २०८१/
बिन भरपाई बिना कटिङ पिस ढुङ्गाहरु लोड गरी ओसारपसार गरिरहेको एउटा मिमि-ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी गस्ती टोलीले पोखरा महानगरपालिका वडा नं.१६ दिपमा सवारी साधन चेकजाँच गर्ने क्रममा कटिङ पिस ढुङ्गाहरु लोड भएको बा ४ ख ३०५९ नं.को मिनी ट्रिपरले आबश्यक बिल भरपाई देखाउन नसके पछि नियन्त्रणमा लिएको हो।
उक्त ट्रिपरलाई आबश्यक कारबाहीका लागि पोखरा महानगरपालिका कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।