पोखरा, २3 फागुन २०८०/
गायिका समिक्षा अधिकारी एक्कासि सामाजिक सञ्जालमा आक्रोशित देखिएकी छिन्। उनले अघि केही बेर अघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै आक्रोश पोखेकी हुन्।
उनले कुनै फिल्म निर्मात्री या नायिकालाई लक्ष्यित गरेर आक्रोश पोख्दै “बहुरुपी औरत” को संज्ञा पनि दिएकी छिन्। तर ती फिल्म निर्मात्री या नायिका को हुन् भन्ने बारेमा केही खुलाएकी छैनन्। उनले आफ्नो स्टाटसमा “अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ। बहुरुपी औरत।” भनेकी छिन।
उनले इंगित गर्न खोजेको व्यक्तिको नाम नखुलाए पनि उनका शुभचिन्तकहरुले कमेन्ट गर्दै उनले भनेको ‘बहुरुपी औरत’ फिल्म निर्मात्री एबम नायिका पुजा शर्मा भएको हुनसक्ने आंकलन गरेका छन्।