तनहुँ, ७ फागुन २०८० /
तनहुँको आँबुखैरेनीमा गए राति जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आँबुखैरेनी गाउँपालिका-१ गिराउनचौर स्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा गए राति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको हों।
उक्त दुर्घटनामा परेर बुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
दुर्घटनामा तनहुँको गाउँपालिका -६ का १५ वर्षीय सुबिना गुरुङ, ६७ वर्षीय मन ब.गुरुङ, ३८ वर्षीय सुकमाया गुरुङ, ३८ वर्षीय सुकमाया गुरुङ, ६ वर्षीय एलिसा गुरुङ , १९ वर्षीय सबिता गुरुङ र गाउँपालिका -३ का १० वर्षीय सिसिर गुरुङ रहेका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
आँबुखैरेनी गाउँपालिका -१ का ३८ वर्षीय राजकुमार बश्वकर्मा (चालक), आँबुखैरेनी गाउँपालिका -६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ ,५६ वर्षीय सेर ब.गुरुङ ,३६ वर्षीय आसमाया गुरुङ, १० वर्षीयदीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ ,३६ वर्षीय चिजकुमारी गुरुङ, ३७ वर्षीय सुनिता गुरुङ र आँबुखैरेनी-१० का १८ महिनाको सुसान गुरुङ रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उक्त जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।