सूर्योदय सहकारीका अध्यक्ष लगायत पांच जना पदाधिकारीबिरुद्ध प्रहरीले चलायो, आत्महत्या दुरुत्साहन मुद्दा

सूर्योदय सहकारीका अध्यक्ष लगायत पांच जना पदाधिकारीबिरुद्ध प्रहरीले चलायो, आत्महत्या दुरुत्साहन मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ फाल्गुन २०८०
  • 7K
    Shares

हाम्रो सुर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपाने

पोखरा, ७  फागुन २०८० /

प्रहरीले दोलखास्थित सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडका पदाधिकारीहरुबिरुद्ध आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा मुद्दा चलाएको छ। आइतबार पक्राउ गरिएका उनीहरुबिरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा मुद्दा चलाएको हो।

प्रहरीका अनुसार, उक्त सहकारीका अध्यक्ष छत्रराज उप्रेती, उपाध्यक्ष पुष्पाबहादुर लकाई, सचिव हरिबहादुर बुढा, सह–सचिव शिवकुमार कार्की र व्यवस्थापक महेन्द्र भुजेलबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाएको हो।

नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य समेत रहेका सुर्योदय सहकारीका पूर्व कोषाध्यक्ष एवँ सहकारीको कार्यालय रहेको घरधनी कपिलमणि न्यौपानेले गएको शनिवार बिहान ५ बजे मैलूँङ गाउँपालिका वडा नम्बर–१ पवटी स्थित घर नजिकै आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।

उनले आफुले आत्महत्या गर्नु अघि एउटा आत्महत्या गर्नु पर्ने कारण खुलाएका थिए। कपिलमणिले सामाजिक सञ्जालमा लेखेको सुसाइट नोटमा न्यौपानेले आफूलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै नाम उल्लेख गरेका छन् ।

उनले नोटमा लेखेका छन्– ‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो । यो वर्षौँदेखि बनाएको योजनाअनुसार मलाई फसाउन खोजिएको हो । सञ्चालकले खाएको ऋण र तिरेको भौचर अनुसार हेर्नु यसमा घोटाला छ । यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात छ । मैले लिएको ऋण नरेलाई दिएको छ । मैले कुनै सामाजिक अपराध गरेको छैन, राम्ररी छानबिन गर्नु ।’

माघ १५ गते राति कपिलमणि न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरयो । तर, संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

चोरी भएको सहकारीको भल्ट र रकम फेला परेको छैन । प्रहरीले पक्राउ गरेर चोरीमा संलग्न नदेखिएपछि कपिलमणिलाई पनि प्रहरीले रिहा गरेको थियो । फागुन २ मा रिहा भएर घर गएका न्यौपानेले शनिवार बिहान ५ बजे आत्महत्या गरे । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी स्थित घर नजिकै आँपको रुखमा झुन्डिएको अवस्थामा न्यौपाने मृत फेला परेका हुन् ।

प्रतिक्रिया