मधेशी युवालाई धम्क्याएको आरोपमा नक्कली डिएसपी काठमाण्डौमा समातिए

मधेशी युवालाई धम्क्याएको आरोपमा नक्कली डिएसपी काठमाण्डौमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ फाल्गुन २०८०
  • 5.5K
    Shares

पोखरा, ७  फागुन २०८० /

काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई धम्क्याएको आरोपमा प्रहरीले नेपाल प्रहरीका एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ।

आफूलाई नेपाल प्रहरीको डिएसपी बताउंदै मधेशी युवालाई धम्क्याएको आरोपमा प्रहरीले कैलालीको धनगढीका प्रवीण श्रेष्ठलाई पक्राउ गरेको हो।

अभियुक्त श्रेष्ठले आफू प्रहरीको डीएसपी हूँ भन्दै शनिबार राति काठमाण्डौको लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई धम्क्याएको आरोप प्रहरीले लगाएको छ।   अभियुक्त श्रेष्ठले ती मधेशी युवालाई अश्लिल शब्दले गालीगलोज गरेका बताइएको छ।

वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

हाल दरबारमार्ग प्रहरीको हिरासतमा रहेका अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ प्राप्त समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया