सहकारी ठगी प्रकरण : सुर्यदर्शनका अभियुक्त भटाभट जेल चलान, मित्रमिलनका धमाधम धरौटीमा छुट्दै

सहकारी ठगी प्रकरण : सुर्यदर्शनका अभियुक्त भटाभट जेल चलान, मित्रमिलनका धमाधम धरौटीमा छुट्दै

तीन लाख रुपियाँ धरौटीमा छुटे अधिबक्ता जनकल्याण पराजुली


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०८०
  • 9.7K
    Shares

पोखरा, ६ फागुन २०८० /

जिल्ला अदालत कास्कीमा यतिबेला सुर्यदर्शन, मित्रमिलन र इमेज सहकारी ठगी सम्बन्धि मुद्दा चलिरहेको छ। मुद्दा चलेका तीन वटा सहकारी मध्ये जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारी सम्बद्ध अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने गरेको छ भने मित्रमिलन सहकारी ठगी प्रकरणमा समातिएका अभियुक्तहरु धमाधम आफै अदालतमा उपस्थित हुने र धरौटीमा छुट्ने गरेका छन्।

यसैक्रममा मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका अधिबक्ता जनकल्याण पराजुली आज कास्की जिल्ला अदालतमा उपस्थित भएर धरौटीमा छुटेका छन्। महिनौदेखि फरार रहेका पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले मित्रमिलन सहकारी ठगी प्रकारममा तीन लाख रुपियाँ धरौंटीमा छाड्ने आदेश दिएपछि उनी सो धरौटी रकम बुझाएरै आजै छुटेका छन् । पराजुली नेकपा एमाले निकट भातृ संगठन प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष एवं मित्र मिलन सहकारीका कानुनी सल्लाहकार समेत हुन्।

यसैअगरॆ कास्की जिल्ला अदालतले आजै पोखरा महानगरपालिका वडा नं. २१ स्थिच खर्च्याङ हिलसाईड रिट्रेटले भौतिक संरचना निर्माण गर्ने क्रममा खर्च्याङअजिङ्गरे सामुदायिक वन क्षेत्रको सयौं रोपनी जग्गा अतिक्रमण गरेको मुद्दामा पनि साधारण तारेखमा छाडेको छ। डिभिजन वन कार्यालय कास्कीले जनकल्याण पराजुलीसहित १८ जना विरुद्ध जिल्ला अदालत कास्कीमा यहीं पुस २२ गते उक्त मुद्दा दायर भएको थियो ।

डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत निर्मला फुलारा समेतको प्रतिवेदनका आधारमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको आरोपमा डा.राजन शर्मा समेत १८ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो । उनीहरुले राष्ट्रिय वन क्षेत्रको १२ रोपनी क्षेत्रफलको जग्गा आफ्नो भनि कानुन विपरित अतिक्रमण गरेको भन्दैं एकलाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्मको कैद सजायको माग गर्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया