सशस्त्र प्रहरीको पोखरास्थित मुक्तिनाथ बाहिनीमा कार्यरत डिएसपी केसी काठमाण्डौमा पक्राउ

सशस्त्र प्रहरीको पोखरास्थित मुक्तिनाथ बाहिनीमा कार्यरत डिएसपी केसी काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०८०
  • 80.1K
    Shares

पोखरा, ६ फागुन २०८० /

सशस्त्र प्रहरी बलको पोखरास्थित नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरामा कार्यरत एक प्रहरी नायब उपरीक्षक (डीएसपी) काठमाण्डौमा पक्राउ परेका छन्। सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीमा कार्यरत डीएसपी तुलसिंह केसीलाई प्रहरीले काठमाण्डौको स्वयम्बुबाट पक्राउ गरेको हो।

डिएसपी केसीले एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । अभद्र व्यवहारको कसूरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया