गोरखा, ६ फागुन २०८० /
गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–१ को वडा अध्यक्ष बिकास श्रेष्ठले जेष्ठ नागरिकहरुलाई घर घरमा नै पुगेर बृद्वभत्ता बितरण गर्न शुरु गरेका छन् । भत्ता लिन वडासम्म आउन नसक्ने तथा असहाय एवं जेष्ठ नागरिकहरुको सेवा सुविधाका लागि वडाध्यक्ष श्रेष्ठले बृद्ध-बृद्धाहरुको घर घरमा नै पुगेर भत्ता बितरण गर्न शुरु गरेका हुन्।
घर बाहिर प्लास्टिकको टाट ओछ्याएर भुइमा पल्टिरहेकी मसेल खगिथोककी १०३ बर्षकी मममाया धिताललाई वडाध्यक्ष श्रेष्ठले नजिकै पुगेर “आमा कस्तो छ तपाईलाई ? हामी भत्ता लिएर आएका छौ” भनेर बोलाए । उठ्न बस्न समेत निक्कै सकस पर्ने बृद्धा धितालले आर्शिवाद दिदै कागजपत्रमा ल्याप्चे लगाइन ।
वडाध्यक्ष श्रेष्ठले उनीलाई पनि ३ महिनाको भत्ता वापतको १२ हजार रुपैयाँ हातमा थमाइदिए । हातमा पैसा लिदै बृद्धा धितालले भनिन, ‘‘तपाईले जितेर आएपछि हामीलाई धेरै सजिलो भएको छ । सवैले तपाईले जस्तै जनताको सेवा गर्दिए कस्तो हुन्थ्यो होला ।’

गएको बिहीबार मात्रै पनि वडाध्यक्ष सहितको एक टोलीले माँझथोकका ९४ वर्षीय टेकबहादुर श्रेष्ठ वडाध्यक्ष सहितको टोलीले घरमा पुगेर हातमा नै पैसा राखिदिए । श्रेष्ठले बिगत २४ बर्षदेखी सामाजिक सुरक्षा भत्ता लिएको भएता पनि यो पटक भने आफ्नै घरमा आफैले चुनेका अध्यक्षको हात बाट भत्ता लिन पाएका थिए ।
वडाध्यक्ष श्रेष्ठको हातबाट पैसा बुझदै उनले ‘हाम्रो सेवा गरीरहनु भएको छ तपाईको भलो होस्’ भन्न पनि भ्याए । टोलीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अन्तरर्गत प्राप्त गर्ने १२ हजार रुपैयाँ हात परेको खुशी हुदै फनफनी नाँच्ने ।
२०७९ सालमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार वडा भित्रका रहेका अशक्त, अपांगता भएका र हिडडुल गर्न नसक्नेहरुका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको वडाध्यक्ष श्रेष्ठ बताए ।

भत्ता बुझ्नकाेलागी बैंकमा लामो समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता र हैरानी अब सकिएकाे पनि वडाध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैंकको सवै कागजात सहित घरमै भत्ता बुझ्न पाएपछि खुशी नहुने कुरै भए नि ?
वडामा ४५ जना भन्दाबढी लाभग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनको योजना छ । हिडडुल गर्नसक्ने बाँकी रहेका लाभग्राहीहरुलाई भने टोलटोलमा घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको पनि उनले जानकारी दिए ।
घर घरमा सामजिक सुरक्षा भत्ता लिएर पुग्दा जेष्ठनागरिकहरु खुशी हुने गरेको उनले अनुभव सुनाए । वडाध्यक्ष श्रेष्ठले त्यस बाहेक पनि जेष्ठ नागरिकहरुको नियमित रुपमा घर घरमा पुगेर स्वास्थ्य जाँच समेत गर्दै आएको बताए । समाचार साभार गोर्खासमाचार डट कम