झापाको बुद्धशान्तिमा आमाले छोरीलाई आफैसंग सलले बाँधेर गरिन् आत्मदाह : छोरीको मृत्यु

झापाको बुद्धशान्तिमा आमाले छोरीलाई आफैसंग सलले बाँधेर गरिन् आत्मदाह : छोरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ फाल्गुन २०८०
  • 6K
    Shares

आत्मदाह

पोखरा, ५ फागुन २०८० /

झापाको बुद्धशान्तिमा आमाले छोरीलाई आफैसंग बाँधेर गरेको आत्मदाह प्रयासमा गम्भीर घाइते बनेकी छोरीको छोरीको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलले शुक्रबार राति आफनी पांच वर्षीय वर्षा बिकलाई संगै आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकोमा आज उपचार हुँदाहुँदै छोरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार, छोरीलाई आफूसंगै छोरीलाई सलले बाँधेकी माया रम्तेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको देखे पछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए। सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले गम्भीर घाइते अवास्व्थामा उद्धार गरी तत्काल उपचारका लागि वीएण्डसी अस्पताल पुर्याएको थियो। सोही अस्पतालमा उपचार हुँदा हुँदै छोरी वर्षाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

२८ वर्षीय रम्तेलले घरायसी समस्याका कारण छोरी पांच वर्षीय वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शरीरको सबै भाग जलेकी मायाको अवस्था गम्भीर छ ।

घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।

मायाका श्रीमान राजन बिक ज्याला मजदूरी गर्छन् । फर्किँदै गर्दा उनलाई प्रहरीले गएराती नै नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया