मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, गाउँकी धामी पक्राउ

मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, गाउँकी धामी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 3K
    Shares

झाँक्री पारो माझि

पोखरा, ४ फागुन २०८० /

बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिंदै बोक्सी आरोपमा मलमूत्र खुवाएका हुन् ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिला गाउँकी धामी बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई प्रहरीले पक्राउ गरेको छ। मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार, बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ ।

पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको दाहालले बताए ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया