पोखरा, ४ फागुन २०८० /
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले पार्टीको जिम्मेवारी छाडेका छन्। उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा बिहीबार बसेको एमाले पार्टी सचिवालय बैठकले स्वीकृत गरेको छ। एमालेले उनीसहित सिराज अहमद फारूकीको पनि राजीनामा स्वीकृत गरेको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए। एमालेमा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने महरले राजीनामा दिएको कारण खुलेको छैन। तर केही समयअघि उनको नाममा सामाजिक सञ्जालमा केही विवादित अडिओ र भिडिओ भाइरल भएका थिए। महर एमालेनिकट अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका छन्।