दाङमा ड्युटीमा रहेकी महिला प्रहरी जवान थापाको उनकै श्रीमानद्वारा गोली हानि हत्या

दाङमा ड्युटीमा रहेकी महिला प्रहरी जवान थापाको उनकै श्रीमानद्वारा गोली हानि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 9.8K
    Shares

पोखरा, ३ फागुन २०८० /

दाङमा ड्युटीमा रहेकी एक जना महिला प्रहरी जवानको उनकै श्रीमानले बिहिबार साँझ गोली हानि हत्या गरेका छन्। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापाको उनकै श्रीमान प्रहरी सहायक हवल्दार यम बहादुर झाँक्रीले गोली हानि हत्या गरेका हुन्।

नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत झाँक्रीले घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवान थापामाथि बिहिबार साँझ साढे सात बजे गोली हानि हत्या गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए। उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोली प्रहार गरे लगत्तै भाग्दै गरेका झाँक्रीलाई लमही नजिकै अर्जुनखोलाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।उनले प्रयोग गरेको हतियार कहाँबाट र कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया