जरायोको सिङ्ग र सरकारी छापहरुसहित नेविसंघका नेता बास्तोलासहित तीन जना पोखराबाट पक्राउ

जरायोको सिङ्ग र सरकारी छापहरुसहित नेविसंघका नेता बास्तोलासहित तीन जना पोखराबाट पक्राउ

पक्राउ पर्नेमा सरकारी कागजपत्र बनाउने प्रिन्ट संचालक र प्रयोग गर्ने कन्सल्टेन्सी मालिक पनि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 25.8K
    Shares

पोखरा, ३ फागुन २०८० /

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघका नेता सतिश बास्तोलासहित तीन जना विभिन्न सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावर जरायोको सिंङ सहित पोखराबाट पक्राउ परेका छन् । पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापति एवं नेवि संघ फोर्सका निवर्तमान सभापति पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

नेविसंघ नेता बास्तोलासाहित पोखरा ४ चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ मै बस्ने विवेक श्रेष्ठ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। फागुन १ गतेमात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो ।

गाँजा सेवन गर्ने युवाहरुलाई लखेट्दै गएको प्रहरी पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा छिरेपछि सोधीखोजी गर्दै जाँदा उक्त घरेलु सजावटका बिक्री गर्ने उक्त डेकोरमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेविसंघका नेता सलिश बास्तोलाद्वारा संचालित उक्त डेकोर पसलबाट २४ थान छापहरु र जरायोको सिंङ दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

<strong>नेविसंघ नेता सतिश बास्तोलाको पसलबाट बरामद भएका सामाग्रीहरु </strong><em>
१) पोखरा महानगरपालिका वडा नं.२३ को वडा कार्यालय कास्कीको छापा थान -१ ।
२) भिमाद नगरपालिका वडा न २ को वडा कार्यालयको तनहुको छाप थान १ ।
३) भिरकोट नगरपालिका वडा न ५ को वडा कार्यालय स्याङ्जाको छाप थान-१ ।
४) जलजला गाउपालिका वडा न ४ वडा कार्यालय पर्बतको छापा थान १ ।
५) भवानी वर्क सप एण्ड बोडी बिल्डर्स पो १० अमरसिङ कास्कीको छापा थान १ ।
६) सिदार्थ सेकेण्डरी स्कुल भिमाद तनहुको छाप थान -१ ।
७) प्रगती बहुउदेश्य सहकारी लिमिटेड पोखरा १६ कास्कीको छाप थान -१ ।
८) त्रिभुबन युनिभर्सिटी पोखरा मल्टीपल क्याम्सको छाप थान १ ।
९) सहिद क्याम्पस ढोरफेदी तनहुको छाप थान १ ।
१०) नेपाल मोड माध्यामिक बिद्दालय वालिङ स्याङ्जाको छाप थान १ ।
११) पोखरा महानगरपालिका वडा न १९ वडा कार्यालय कास्कीको छापा थान -१ ।
१२) बिष्णु माया किराना पसल पोखरा १३ कास्कीको छापा थान १ ।
१३) होटल सिलिष्टे ईन पोखरा ६ लेकसाइड कास्कीको छापा थान -१ ।
१४) गरिमा कृषी सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी तनहुको छापा थान १ ।
१५) दिनेश कुमार थापा लेखेको Ward Chairman को छाप थान १ ।
१६) क्याम्पस चिफ लेखेको छाप थान १ ।
१७) प्रिन्सिपल लेखेको छाप थान १ ।
१८) प्रस्पेन्द्र पाण्डे लेखेको Ward Chairman को छाप थान १ ।
१९) कृष्ण थापा लेखेको Ward Chairman को छाप थान १ ।
२०) राम काजी गुरुङ लेखेको Ward Chairman को छाप थान १ ।
२१) तिलक बहादुर के.सि. Ward Chairman को छाप थान १ ।
२२) हेड मास्टर लेखेको छाप थान १ ।
२३) स्थानिय पञ्जिकाधिकारी कार्यालय वडा न २५ हेम्जा कास्की लेखेको छाप थान १ ।
२४) स्थानिय पञ्जिकाधिकारी लेखेको छाप थान १ ।

प्रहरी नियन्त्रणमा परेका नेविसंघ नेता बास्तोलाले ती अबैध कागजपत्रहरु पोखराको नयाँबजारमा रहेको Fine Design of Print मा बनेको खुलाए पछि प्रहरीले उक्त प्रिन्टका संचालक बिबेक श्रेष्ठलाइ पनि पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले अनुसन्धानका क्रममा ती सरकारी कागजपत्रहरु पोखराको चिप्लेढुंगामा संचालित G.D.S. Consultancy का संचालक पोखरा १९ पुरनचौर घर भएका २५ वर्षीय सुजन गिरीका लागि बनाइएको खुले पछि प्रहरीले गिरि समेतलाई पक्राउ गरी अनुसन्धान चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया