पोखरा, ३ फागुन २०८० /
रुपन्देहीमा नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन्
पुस २९ गते बुटवल उपमहानगरपालिका-७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको बताइएको छ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।
पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।