कपिलवस्तु बस दुर्घटना : मृतक १० मध्ये तीनजनाको मात्रै सनाखत (गम्भीर घाइतेको नामावलीसहित)

कपिलवस्तु बस दुर्घटना : मृतक १० मध्ये तीनजनाको मात्रै सनाखत (गम्भीर घाइतेको नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 4.4K
    Shares

पोखरा, ३ फागुन २०८० /

गएराति कपिलबस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको छ भने गम्भीर घाइते भएका नौ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

महेन्द्रनगरबाट छुटेको प्रदेश ०२- ००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै गएको राति २ वजेतिर दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका १० जना मध्ये तीन जनाको मात्र पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीकाअनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

दुर्घटनामा घाइते भएका ३० जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको एसपी पौडेलले बताए। एसपी पौडेलका अनुसार, बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, बस चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, कञ्चनपुरकै सहचालक केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्। बुटवल रेफर हुने प्राय सबै घाइतेको अवस्था गम्भीर रहेको पौडेलले बताए।

दुर्घटनामा परेर घाइते भएका मध्ये छ जना घर फर्किसकेका छन् भने १५ जनाको अझै पनि ‘आधारभूत अस्पताल र सञ्जीवनी अस्तालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२- ००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलबस्तुको शिवराज नगरपालिका- १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया