घोडाघोडी नगरपालिका मेयर रावत मध्यराती घाइते

घोडाघोडी नगरपालिका मेयर रावत मध्यराती घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 4.1K
    Shares

पोखरा, ३ फागुन २०८० /

कैलालीको घोडाघोडी नगरपालिका मेयर खडक रावत घाइते भएका छन्।

मंगलबार राति घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको प्राप्त समाचारमा जनाइएको छ।

घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ। चोट लागेको ठाउँमा चार टाँका लगाइएको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए।

अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुर्याएका थिए। नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्।

प्रतिक्रिया