कपिलबस्तुमा गएको राती एक यात्री बहाक बस दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना यात्री घाइते भएका छन्। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै राति २ वजेतिर दुर्घटनाग्रस्त भएको हो।
सुनाैलाे यतायात प्रालिको उक्त वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव दुई सयमिटर तल खाेलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टाेलीले तत्कालै घटनास्थलवाट समयमै उद्वार गरेको छ ।
दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीकाे लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भैरहेको छ ।
रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक अनिश भण्डारीले जानकारी दिए ।