पक्राउ परेका माओवादी केन्द्रका प्रदेश सदस्य भट्टलाई छाड्न दबाब परे पछि कञ्चनपुरका दुई पत्रकार पनि मध्यराती छुटे

पक्राउ परेका माओवादी केन्द्रका प्रदेश सदस्य भट्टलाई छाड्न दबाब परे पछि कञ्चनपुरका दुई पत्रकार पनि मध्यराती छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 6.4K
    Shares

पत्रकार ऐश्वर्य कुँवर र पुस्कर भट्ट

पोखरा, ३ फागुन २०८० /

विद्युतीय अपराध सम्बन्धी मुद्दामा बिगत पांच दिनदेखि प्रहरी हिरासतमा रहेका कञ्चनपुरका दुई जना पत्रकार बुधबार मध्यराती हिरासतमुक्त भएका छन्। शनिवार समातिएका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले मध्यरातमा थुनामुक्त गरेको हो।

सोहि आरोपमा बुधबार दिउसो समातिएका नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदस्य चन्द्रकान्त भट्ट (सिके)लाई छाड्न ब्यापक दबाब परे पछी उनीसंगै पक्राउ परेका पत्रकारद्वय भट्ट र कुंवर तथा अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक समेतलाई प्रहरीले थुनामुक्त गरेको प्राप्त समाचारमा जनाइएको छ।

पत्रकारद्वयका अधिवक्ता बिनोद भट्टले उनीहरुलाई रिहा गराएको पुष्टि गरे। बुधबार समातिएका माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक पनि छुटेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए। अनुसन्धानका बखत हिरासतमा राखि राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा छोडिएको चन्दले बताए। तर स्रोतका अनुसार गृहमन्त्रालय सहितको दबाबले माओवादी नेतालाई २४ घण्टासमेत हिरासतमा नराखी छोडिएको हो।

सोही मुद्दामा शनिवार समातिएका पत्रकारद्वयलाई पनि प्रहरीले दोस्रो दिन ७ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेकोमा आज छोडेको हो।

यस अगाडी नै पत्रकारका विभिन्न पेसागत संगठन र महासंघले कञ्चनपुर प्रहरीको उक्त कदमको विरोध गर्दै प्रतिशोध साधेको बताएका थिए।

केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सो मुद्दामा आजसम्म ६ जना पक्राउ परेकोमा सबै छुटेका छन्।

तर उनीहरूमाथि अनुसन्धान भने जारी रहने बताइएको छ। विगतदेखी नै विवादित भएको आरोप लाग्ने कञ्चनपुरका एसपी कमल थापाको सरुवापछि त्यहाँ एसपी चक्रराज जोशी आउने भएका छन्। जोशी नआउँदासम्म थापाले नै कमाण्ड सम्हालिरहेका छन्।

प्रतिक्रिया