दाङमा स्कारपियो जिपले साइकललाई ठक्कर दिंदा एकैघरका दिदिबहिनीको मृत्यु

दाङमा स्कारपियो जिपले साइकललाई ठक्कर दिंदा एकैघरका दिदिबहिनीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ फाल्गुन २०८०
  • 7.1K
    Shares

दाङमा जिप दुर्घटना

पोखरा, २ फागुन २०८० /

दाङमा बुधबार अपरान्ह साढे ४ बजे स्कारपियो जिप दुर्घटनाग्रस्त एकैघरका दिदीबहिनीको मृत्यु भएको छ। पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र. ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशातर्फ आउदै गरेको साइकललाई ठक्कर दिंदा एकैघरका दिदीबहिनीको मृत्यु भएको हो।

स्कारपियो गाडीले साइकललाई ठक्कर दिंदा घाइते भएका झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षीया राधा केसी बस्नेत र उनकी बहिनी १६ वर्षीया बिपना केसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले दिएको जानकारी अनुसार, दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनालाई उपचारका लागी लमही अस्पतालमा लगिएकोमा उपचारका क्रमामा दिदीबहिनीको मृत्यु भएको हो। मृतक राधा लमही स्थित सुनाखरी बचत तथा ऋण सहकारी संस्थाको बजार प्रतिनिधीका रुपमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनापश्चात दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्राह्रीले जनाएको छ।

प्रतिक्रिया