आज शिक्षा र प्रेम दान लिने अद्भुत दिन

आज शिक्षा र प्रेम दान लिने अद्भुत दिन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ फाल्गुन २०८०
  • 2.3K
    Shares

पोखरा, २ फाक्गुन २०८० /

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ भने आज फेब्रुअरी १४ अर्थात् विश्वभर प्रेम साटासाट गरी मनाइने प्रणय दिवस भब्य रुपमा मानिदै छ। विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् ।

युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन-डेका रुपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिएको हो ।

यता विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ।

प्रतिक्रिया