अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा पोखराका ज्योतिष तथा वास्तुविद् भट्टराई शास्त्री “पशुपतिनाथ अवार्ड”  बाट सम्मानित

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा पोखराका ज्योतिष तथा वास्तुविद् भट्टराई शास्त्री “पशुपतिनाथ अवार्ड”  बाट सम्मानित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ माघ २०८०
  • 6.9K
    Shares

पोखरा, २९ माघ २०८० /

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० बाट पोखराका चर्चित ज्योतिष तथा वास्तुविद् भबेश भट्टराई शास्त्री “पशुपतिनाथ अवार्ड”  बाट सम्मानित भएका छन् ।

दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र  सम्मेलन २०८० मा चर्चित ज्योतिष तथा वास्तुविद् भट्टराई शास्त्री “पशुपतिनाथ अवार्ड”  बाट सम्मानित भएका हुन् ।

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र  सम्मेलनममा नेपालको संघीय संसद प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे, नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो.पं.सुर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा.अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्राडा माधवप्रसाद पाण्डे उपस्थिति थिए ।

म्याग्दी मालिक गाउँ पालिका ०७ बिम अर्कला मा जन्मिएका उनी आफ्नो कर्मथलो पोखरामा बनाउदै आएका छन र बिगत आठ वर्षदेखि पोखराको बिन्द्याबासिनी मन्दिर नजिक रहेर ज्योतिष बास्तु परामर्श, ज्योतिष वास्तु गर्दै आएका छन।

बाल्यकालदेखि बिन्ध्यबासिनी गुरुकुलमा रहेर संस्कृत, ज्योतिष बिषयमा अध्ययन गरेका सम्मानित ज्योतिष भट्टराईले माता भगवती पार्बतीको जन्मभुमि ठानिएको पर्वतको पाङमा अनुभवी गुरुहरुको सामिप्यतामा ज्योतिष विद्यामा अध्ययन र अनुसन्धान गरेका छन् भने पोखराको बिन्द्याबासिनी मन्दिर नजिकबाट प्रत्यक्ष र अनलाइन मार्फत ज्योतिष एबम बास्तु सेवा बारे सेवा तथा परामर्श समेत दिदै आएका छन्।

उनी अहिले दक्षिण एसियाली ज्योतिष गण्डकी प्रदेशको कोषाध्यक्ष र नेपाल ज्योतिष परिषदका कार्यकारी सदस्य पनि रहेका छन।

प्रतिक्रिया