माओवादी केन्द्रका नेता गगन पुरीले अकुत सम्पत्ति जोडेको विशेष अदालतको दोषी ठहर

माओवादी केन्द्रका नेता गगन पुरीले अकुत सम्पत्ति जोडेको विशेष अदालतको दोषी ठहर


  • जन संचार
  • आइतबार, २८ माघ २०८०
  • 7K
    Shares

माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन‍्। विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर गरेको हो।

गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन्। अदालतले सजाय निर्धारणका लागि आगामी फागुन ६ गते पेसी तोकेको छ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको थियो। पुरीले सरकारी जग्गा हडपेको भन्दै उनी विरुद्ध १२ करोड १३ लाख ७२ हजार १७८।८६ रूपैयाँ बिगो दाबी गरिएको थियो।

यो मुद्दामा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका छन् भने कृष्णकुमारी पुरी र सं‌गीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ।

प्रतिक्रिया