ललितपुरमा आमा तीन तलाबाट हाम फालिन्, छोराछोरी कोठामा अचेत भेटिए

ललितपुरमा आमा तीन तलाबाट हाम फालिन्, छोराछोरी कोठामा अचेत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ माघ २०८०
  • 8.2K
    Shares

पोखरा, २८ माघ २०८० /

ललितपुरमा दुई बच्चा र आमा मृत अवस्थामा भेटिएका छन्। महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइट निवासी रविना महर्जन उनकी ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी रिवा महर्जन मृत भेटिएका हुन्।

आफ्नै घरको तीन माथिबाट हाम फालेकी रविना महर्जनलाई उद्धार गर्न गएको प्रहरी टोलीले लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । तीनै जनाको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् । ‘अहिले श्रीमान्सँग बयान लिनसक्ने अवस्था छैन, यद्यपि विभिन्न पाटोबाट अनुसन्धान थालेका छौं’, एसएसपी खनालले भने । सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया