लमजुङको कृषि क्याम्पसमा नेविसंघका कार्यकर्ताहरुद्वारा होस्टलमा पढिरहेका बिद्यार्थीहरु माथि सांघातिक आक्रमण : दुई जना गम्भीर घाइते

लमजुङको कृषि क्याम्पसमा नेविसंघका कार्यकर्ताहरुद्वारा होस्टलमा पढिरहेका बिद्यार्थीहरु माथि सांघातिक आक्रमण : दुई जना गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ माघ २०८०
  • 8.7K
    Shares

पोखरा, २७ माघ २०८० /

लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पसमा सत्तारुढ नेपाली कांग्रेस समर्थित बिपक्षी दल नेकपा एमली समर्थित अनेरास्ववियुसमर्थित कार्यकर्ताहरुलाई शनिबार दिउसो सांघातिक आक्रमण गरेका छन्। क्याम्पसको होस्टेलमा पढिरहेका विद्यार्थीहरुलाई रड लगायतका हतियारसहित होस्टलभित्र प्रवेश गरेका नेपाल विद्यार्थी संघका नेता-कार्यकर्ताले कोठा थुनेर सांघातिक आक्रमण गरेको बताइएको छ।

नेविसंघका नेता-कार्यकर्ताको आक्रमणमा परेर गम्भीर घाइते भएका मदन रिजाल र सरोज घिमिरेको पोखरास्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको अनेरास्ववियु गण्डकी प्रदेश कमिटिका उपाध्यक्ष सुशन घिमिरेले जानकारी दिए। उनीहरुको टाउको फुटाईएकोम हात भाचिएको उनले जानकारी दिए।

बिद्यार्थीहरुमाथि नेविसंघका नेता तथा कार्यकर्ताहरुबाट भएको योजनाबद्ध आक्रमणको उपाध्यक्ष घिमिरेले बिरोध गर्दै “सत्ताको आडमा दोषीलाई उम्काउने कार्य अनेरास्ववियुलाई स्विकार्य नहुने बताएका छन्। बिद्यार्थीमाथि आक्रमण गर्ने कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै प्रदेश कमिटि उपाध्यक्ष घिमिरेले अन्यथा अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

यता अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक प्रेस बिज्ञप्ति जारी गरेर आज हतियारधारी नेविसंघका नेता तथा कार्यकर्ताहरुबाट होस्टलमा पढिरहेका बिद्यार्थीहरु माथि भएको आक्रमणको बिरोध गरेका छन्।

विज्ञप्तिका अनुसार आशिष पौडेल, सौरभ उप्रेती, गोभिन्द चौधरी, सुरज भट्ट, सदिस सिम्खडा, आर्यन भट्ट, ढुर्ब साउद, गोकुल भट्ट, सुनिल बस्नेत, बिबेक सिंह, प्रसन्न चापागाइ तर्क राज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र बिष्ट, सन्देश सुवेदी, सन्जित गौतम, सरोज भुषाल, अनुप राज बुढाथोकी, आदित्य बुढाथोकी लगायतका नेविसंघका अराजक जत्था होस्टेलमा प्रवेश गरि विद्यार्थीमाथि आक्रमण गरेको उल्लेख छ।

आक्रमणमा परि गम्भीर घाइते भएकोहरुको थप उपचारका लागि पोखरा लगिएको जानकारी गराउँदै देशको विभिन्न भुभागबाट अध्ययन गर्न आएका विद्यार्थीमाथि भएको यो बर्बरतापुर्बक आक्रमण मानवता विरोधि गम्भीर अपराध भएको जिकिर गरेको छ।

आक्रमणमा संलग्न अपराधीहरुलाइ तत्काल पक्राउ गरि हदै सम्मको कानुनी कारबाहीको गर्न माग गरेको छ। शैक्षिक क्षेत्रमा भएको गम्भीर अपराधलाई नजरअन्दाज गरे जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया