पोखरा, २६ माघ २०८० /
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरेका छन्।
सरुवा सूची अनुसार मानव बेचविखन अनुसन्धान व्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको छ भने काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा प्रमुख रहेका ओमबहादुर रानालाई व्यूरको प्रमुखको जिम्मेवारी दिइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका राजेन्द्रप्रसाद भट्टको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)मा काज सरुवा भएको छ ।
त्यहाँ कार्यरत रहेका सुशिलसिंह राठौरको कोशी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिराटनगर, मोरङ (काज भने नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौं) भएको छ ।
यस्तै त्रिभुवन अन्तराष्ट्रि विमानस्थल सुरक्षा कार्यालयमा दोस्रो बरियतामा रहेका दीप शम्शेर जवराको बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडा, मकवानपुर (काज : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज)मा भएको छ भने बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत रहेको कृष्णहरी शर्माको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।
अघि नै प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी पाएका शेखर खनालको पनि काज सरुवा भएको छ ।
काे कहाँ पुगे ?