पोखरा, २६ माघ २०८० /
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उक्त सहकारीका एक जना संचालक समितिका सदस्य पक्राउ परेका छन्। सुर्यदर्शन सहकारीको संचालक समितिका सदस्य सुनसरीको इनरुवा नगरपालिका–५ घर भएका ३० वर्षीय प्रमोद भट्टराईलाई प्रहरीले काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो।
सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान थालेपछि फरार भएका भट्टराइलाई पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ
निक्षेपकर्ताको रकम हिनामिना गरेको कसुरमा सुर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेल सहित पक्राउ पर्नेको संख्या पांच पुगेको छ ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध ईन्टरपोलबाट डिफ्युजन जारी गरिएको छ । आरोपीहरुले बचतकर्ताको एक अर्ब आठ करोड रकम हिनामिना गरेको आरोप छ ।