पोखरा, २५ माघ २०८० /
अछाममा बुधबार साँझ एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
अछामको मेल्लेख गाउँपालिका वडा नं.३ ठाटीस्थित दर्वा गैरामा भएको उक्त आगलागीमा परेर ठाटीका जगत वुढाका ४ वर्षका छोरा अंगित वुढा र नन्दकला वुढाका ७ वर्षकी छोरी नरुता वुढाको मृत्यु भएको मेल्लेख गाउँपालिका वडा नं.१ ऋषिदहका वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिए।
वालवालिकाकाले आगो ताप्नको लागि प्रयोग भएको आगोले छाना गोठमा टिप्दा फैलिएको आगोमा परेर वालिवालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । आगलागीमा तीन छानागोठ पनि जलेर नष्ट भएका छन् । –