आफुले लिएको ३७ लाख रुपियाँ ऋण नतिरी उल्टै पोखराकी महिलालाई अपहरणको आरोप लगाउने अधिकारी पक्राउ

आफुले लिएको ३७ लाख रुपियाँ ऋण नतिरी उल्टै पोखराकी महिलालाई अपहरणको आरोप लगाउने अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ माघ २०८०
  • 9K
    Shares

पोखरा, २४ माघ २०८० /

आफूले लिएको ऋण नतिरी पोखराकी महिलालाई अपहरणको झुट्ठा आरोप लगाउने एक जनालाई प्रहरिले पक्राउ गरेको छ।

आफूले लिएको १७ लाख रुपियाँ ऋण नतिरी उल्टै पोखराकी महिलालाई अपहरणको झुट्ठा आरोप लगाउने नवलपुर जिल्लाको कावासोती न.पा. वडा नं. १७ बस्ने बर्ष ४६ को केशव प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। अभियुक्त अधिकारीले आफुले तिर्नुपर्ने ३७ लाख रुपियाँ लिन घर पिगेकी पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने बर्ष ३५ की मल्लिका दाहाललाई अपहरण गर्न आएको झुट्ठा आरोप लगाएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार, अभियुक्त अधिकारीले आफ्नो नाममा रहेको नविल बैकको खाताबाट भुक्तानी हुने गरी ३७ लाख रुपियाँको चेक दिएर दाहालसँग गएको जेठ १० गते ३७ लाख रुपियाँ सापटी लिएका थिए। दाहालले तोकिएको समयमा चेक साट्न जाँदा चेक नसाटिए पछि चेक बाउन्स समेत गराएकी प्राप्त समाचारमा जनाइएको छ।

उक्त चेकमा उल्लेखित ३७ लाख रुपियाँ उपलब्ध गराउन माग राखेर फोनमा कुरा गरे पछि अभियुक्त अधिकारीलाई भेट गर्न उसकै कावासोती न.पा. वडा नं. १७ स्थित घरमा गएका बेला उल्टै दाहालले आफुलाई अपहरण गर्न आएको भन्दै प्रहरीमा झुट्ठा उजुरी दिएको प्रहरीको दाबी छ।

अभियुक्त अधिकारीले जिल्ला प्रशासन कार्यालय नवलपुर्मा मल्लिका दाहालका विरुद्दमा अनुचित लेनदेन (मिटरव्याजी) को आरोप लगाई मंगलबार निवेदन समेत दिएको प्राप्त समाचारमा जनाइएको छ।

अधिकारीले दाहाल बिरुद्ध उजुरी दिए पनि प्रहरीमा छलफलका लागि बोलाउँदा समेत उल्टै प्रहरी टोली संग बादविवाद, गालि गलोज तथा अश्लिल शव्द समेत प्रयोग गरेको प्रहरीले जिकिर गरेको छ।

कारणले निज व्यक्तीलाई नियन्त्रणमा लिईएको । यस घटनामा निज केशव प्रसाद अधिकारीले आफुले लिएको ऋण नतिर्ने मनसायले अनुचित लेनदेन मिटरव्याज गरेको आरोप लगाउनुको साथै अपहरण हुन लागेको भनि प्रहरीलाई भ्रममा पारी अफवाह फैलाएको भन्दै प्रहरीले अधिकारीलाई हुरासतामा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया