पोखरा, २४ माघ २०८० /
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट युवा संगठनको सुदूरपश्चिम ईन्चार्ज भुवन रम्तेल गिरफ्तार भएका छन्। लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय रम्तेललाई प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बाट मंगलबार साँझ ८ः२० बजेको समयमा गिरफ्तार गरेको हो।
उनीबिरुद्ध प्रहरीले कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको आरोप लगाएको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ४ का न्यौपाने सोमबार घरबाट फर्कने क्रममा लम्कीचुहा नगरपालिका वाड नं. ४ वलिया स्थित पुर्व पश्चिम राजमार्गमा ४।५ जना अपरीचित व्यक्ति मोटरसाइकलमा आई न्यौपानेले प्रयोग गरेको मोटरसाइकल रोकी कालो डिजेट फालि फरार भएका थिए ।