नारायणघाट–मुग्लिङ सडक खण्डमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा प्रहरी सहायक हवल्दारको मृत्यु

नारायणघाट–मुग्लिङ सडक खण्डमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा प्रहरी सहायक हवल्दारको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ माघ २०८०
  • 17K
    Shares

अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश राना

पोखरा, १७ माघ २०८० /

नारायणघाट–मुग्लिङ सडक खण्डमा भएको एक सवारी दुर्घटनामा परेर गोरखामा कार्यरत नेपाल प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ।

बुटवलबाट काठमाडौँ जादै गरेको ग २३ प १५५९ नम्वरको मोटरसाइकल नारायणघाट–मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानरपालिका–२९, पन्द्रकिलोमा पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटनाग्रस्त हुँदा अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका सहायक हवल्दार रानाको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा मंगलबार राति मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । उनीसंगै घाइते भएका सोही मोटरसाइकलमा सवार विकास कुमार पुनको पनि सोही अस्पतालामा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

मृतक ३३ वर्षीय राना रुपन्देही कन्चन गाउँपालिका–४ का स्थायीबासी हुन् । उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी रहेर काजमा अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए ।

प्रतिक्रिया