सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ माघ २०८०
  • 4.8K
    Shares

पोखरा, १७ माघ २०८० /

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना भएको छ। बुधबार बिहान बा २ च ४४५० नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको हो।

दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौँस्थित केएमसी अस्पताल ल्याइएको छ। अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौँ ल्याउने तयारी छ।

प्रतिक्रिया