घरायसी लेनदेनको विवादमा आफ्नै छोराले सुनसरीमा वृद्ध बुवालाई कुटेर मारे

घरायसी लेनदेनको विवादमा आफ्नै छोराले सुनसरीमा वृद्ध बुवालाई कुटेर मारे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ माघ २०८०
  • 6.1K
    Shares

पोखरा, १७ माघ २०८० /

घरायसी लेनदेनको बिषयमा विवाद हुँदा आफ्नै छोराले सुनसरीमा वृद्ध बुवाको हत्या गरेका छन्। इनरुवा नगरपालिका वडा नम्बर ८ का ७० वर्षीय चिकचिलिया रिसिदेवको उनकै २१ वर्षीय छोरा चिबु रिसिदेवले हत्या गरेका हुन्।

माघ ११ गते छोराको कुटाईबाट गम्भीर घाइते बनेका बृद्ध चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा गएको सोमबार मृत्यु भएको प्रहरीले जानाकारे दिएको छ।

बुवा चिकचिलियाको मृत्युपछि उनका २११ वर्षीय छोरा चिबु रिसिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया