तातो पानीको सर्भे गर्ने क्रममा पोखरामा निर्माणाधीन भवनको पांच तलामाथिबाट खसेर इन्जिनियर भट्टराईको मृत्यु

तातो पानीको सर्भे गर्ने क्रममा पोखरामा निर्माणाधीन भवनको पांच तलामाथिबाट खसेर इन्जिनियर भट्टराईको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ माघ २०८०
  • 11.9K
    Shares

पोखरा, १६ माघ २०८० /

पोखरामा निर्माणाधीन एक भवनको पांच तलामाथिबाट खसेर एक जना इन्जिनियरको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं. ६, खहरेचोकमा चिनिमाया भण्डारी बनाउदै गरेको भवनको पाँचौ तलास्थित लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु भएको हो।

निर्माणाधिन घरमा तातो पानीको सर्भे गर्ने क्रममा दिउँसो १ बजेको समयमा लिफ्टबाट खसेर गम्भीर घाईते पोखरा महानगरपालिका वडा नम्बर ८ रत्न चोक निवासी भएका ईञ्जिनियर ३७ वर्षीय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

हाल पोखराको न्युरोडमा रहेको मुक्ति इनर्जी प्राल्किमा कार्यरत इन्जिनियर भट्टराइको गण्डकी मेडिकल कलेजमा उपचारेअका क्रममा दिउँसो २ बजेर २७ मिनेटमा मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।

प्रतिक्रिया