पोखरा, १६ माघ २०८० /
खानेकुराको अभावमा आजकल बाँदरहरु घरबस्तीमा छिरेर बाली नष्ट गर्न थालेका छन्। कतिपय स्थानीय टहहरुको लागि त बाँदरका हुल नियन्त्रण समस्याका रुपमा देखिएका छन्।
संसदमा त बाँदर निर्यात गरेर आम्दानीको स्रोत बनाइनु पर्ने बारेमा ब्यापक चर्चा भैरहेको छ। यता कतिपय स्थानीय टहहरुले भने बाँदर नियन्त्रण गर्न भन्दै बाँदर तर्साउने बन्दुक नै किसानहरुलाई बाँडिरहेका छन्। स्थानीय तहले बेवास्ता गरेका ठाउँहरुमा त किसान आँफैले बाँदर लखेट्न कुकुर प्रयोग गरिरहेक्जा छन् भने कतिपयले त गुलेली जस्ता घरेलु हतियार प्रयोग गरिरहेका छन् पनि। त्यति गर्दा पनि बाँदर लखेट्न नसकिए स्थानीय किसानाहरुले सामूहिक रुपमा बाँदर लखेट्ने अभियान नै चलाई रहेक्जा छन्।
नेपालकै कतिपय स्थानीय तहले त बाँदरहरुलाई जंगल क्षेत्रमा व्यस्त बनाउन उनीहरुलाई मन पर्ने फलफूलहरु लगाउने अभियान नै संचालन गरिरहेका छन्। तर पोखरा महानगरपालिकाको वडा नम्बर को कार्यलयले त रुख कटान गर्ने वातावरण अमैत्री निर्णय गरेको छ।
पोखरा महानगरपालिकाको वडा नम्बर १९ को कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेर बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सञ्चालन गर्न स्थानीय जनतालाई अनुरोध गरेको छ। वडा कार्यलयले जारी गरेको सुचनामा पोखरा १९ लामाचौर, पुरुन्चौर क्षेत्रमा बाँदर आतङक रोक्न “मेरो रुख म काट्छु” भन्ने अभियान नै सञ्चालन गर्न भनेको छ।
पोखरा १९का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको उक्त सुचनामा १० दिन भित्र आफ्नो घरवरपरका रुखहरु काटेर सहयोग गरिदिन सबै जनतालाई आग्रह पनि गरेका छन्।
