तनहुँ, १५ माघ २०८० /
तनहुँमा गएराती भएको दुर्घटनामा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५०१२ नं. को मिनी ट्रकमा सोही दिशातर्फ जाँदै गरेको प्र.३-०२-००९प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटनाग्रस्त भएको हो।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी २, ढापटारमा आइतबार राती करीब सवा नौ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उपचारको क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको ती मोटरसाइकल चालकको हालसम्म पहिचान नखुलेको पनि प्रहरीले जनाएको छ।