काठमाण्डौ, १५ माघ २०८० /
गायिका रचना रिमाललाई लिएर दाङ आउदै गरेको गाडी बाँकेमा दुर्घटनामा परेको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवमा आउदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३ ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई आइतबार अपरान्ह पौने ५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।
उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।
गाडी दुर्घटनामा परेपनि आफु भने सकुशल रहेको गायीका रिमालले फेसबुक मार्फत जानकारी दिएकी छिन्। गायिका रिमालसँगै सवार रहेका पत्रकार शिवु खनाल भने घुँडामा समान्य चोट लागेको बताइएको छ ।
गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । उक्त घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छन् । उनले आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो ।
अब सोमबार उक्त महोत्सवमा प्रस्तुति दिने जानकारी उनले दिएकी छन् । उनले समयमै आफू उपस्थित हुन नसकेकोमा दर्शक र आयोजकप्रति क्षमा समेत मागेकी छन् । मेला महोत्सवको यो समयमा रचना सबैभन्दा बढी ब्यस्त गायिकामध्ये पर्छिन् ।
आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुननसकेकोमा क्षमा चाहन्छु।