सुर्यदर्शन ठगी प्रकरण : अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलले जारी गर्‍यो डिफ्युजन नोटिस

सुर्यदर्शन ठगी प्रकरण : अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलले जारी गर्‍यो डिफ्युजन नोटिस


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ माघ २०८०
  • 4K
    Shares

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राई

काठमाडौं १४ माघ २०८० /

सुर्यदर्शन ठगी प्रकरणमा प्रमुख दोषी ठानिएका त्यस सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। इन्टरपोलले शुक्रबार डिफ्युजन नोटिस जारी गरेको हो।

सहकारी ठगीको मुद्दामा राईविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते नै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो।

सोही पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन्। उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया शुरु हुनेछ।

ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ। उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया