कन्चनपुरको एक क्लिनिकबाट छ बोरा औषधि : संचालक धामी पक्राउ

कन्चनपुरको एक क्लिनिकबाट छ बोरा औषधि : संचालक धामी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ माघ २०८०
  • 5.1K
    Shares

पोखरा, १३ माघ २०८० /

कञ्चनपुरमा एक जना मेडिकल सञ्चालक पक्राउ परेका छन्। कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गरिरहेका कृष्णपुर नगरपालिका–२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक सोहि पालिकाको–१ नम्बरका देवसिंह धामी भीमदत्त नगरपालिका–१२ पक्कीपुलबाट पक्राउ परेका हुन्।

उक्त क्लिनिक एण्ड फार्मेसीमा चेकजाँचको क्रममा औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेको पाइएको थियो । जोखिमयुक्त औषधीहरू ६ बोरासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, वंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृतरुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आएका थिए। शुक्रवार इलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रमा रहेका नौ वटा मेडिकलहरु चेकजाँच गरेको थियो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया