किन गिरफ्तार भए, पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर ‘मार्शल’ ?

किन गिरफ्तार भए, पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर ‘मार्शल’ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ माघ २०८०
  • 6.3K
    Shares

जीतमान पुन (मार्शल)

पोखरा, ११ माघ २०८० /

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्शल’ गिरफ़्तार भएको खबर सार्वजनिक भएको छ। , उनी गिरफ्तारीमा परेको पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन्।

पूर्व प्रम डा. भट्टराईका अनुसार, पुन नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् र। उनलाई चार दिन अघि रुकुम पूर्वबाट खटिएको प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको थियो र उनलाई हाल डिल्लीबजार कारागारमा राखिएको छ ।

माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई गिरफ्तार गरिएकोमा पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष बाबुराम भट्टराईले सामाजिक संजालमार्फत आपत्ति जनाएका छन्। उनले युद्धकालीन मुद्दामा गिरफ्तार गरिएको भन्दै बिरोध पनि गरेका छन्। ‘युद्धकालीन मुद्दा मलाई र प्रधानमन्त्री प्रचण्डलाई पनि छन् । ती मुद्दाका आधारमा गिरफ्तार गर्दै जाने हो भने के हुन्छ ?,’ भट्टराईले भने, ‘युद्धकालीन मुद्दालाई शान्ति प्रक्रियासँग जोडेर हल गर्नुपर्छ ।’ उनले यो घटनाको भर्त्सना गर्दै आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।

पुर्व कमान्डर मार्शल भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो । ०७२ सालमा जिल्ला अदालत दाङले उनलाई दुई वर्ष छ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी ०७४ मा रुकुम पूर्वबाट नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए ।

प्रतिक्रिया