पोखरामा दुध बोकेको बोलेरो जिप दुर्घटनाग्रस्त : चालकको मृत्यु, बृद्ध भत्ता बुझ्न पोखरा झरेका दुई बृद्धा घाइते

पोखरामा दुध बोकेको बोलेरो जिप दुर्घटनाग्रस्त : चालकको मृत्यु, बृद्ध भत्ता बुझ्न पोखरा झरेका दुई बृद्धा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० माघ २०८०
  • 7.6K
    Shares

पोखरा, १० माघ २०८० /

पोखरामा दुध बोक्ने बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। दुध बोकेर पोखरा झर्दै गरेको ग ३ च २६०३ नम्बरको बोलेरो जीप पोखरा महानगरपालिका १८ मेथलाङमा आज बिहान करिब सवा ९ बजेतिरदुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका जिप चालक पोखरा १८ ग्यारजातीका ४९ वर्षीय थापाको उपचारको क्रममा मृत्यु हो।

उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएका चालक थापालाई चिकित्सकले बिहान १०: २० बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ । मृतक थापालाई च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो ।

दुर्घटनामा परी परी घाइते भएकी ७० वर्षीया चन्द्रकला थापा र ६९ की हिमकला थापाको उपचार भइरहेको र खतरामुक्त रहेको कास्की प्रहरीले बताएको छ । उनीहरु दुवै जना बृद्ध भत्ता बुझ्न पोखरा आएको बताइएको छ ।

उक्त जीप सडकबाट करिब २० फिट तल खसेको बताइएको छ ।

प्रतिक्रिया