ललितपुरबाट नापी सर्वेक्षक यादव अढाइ लाख घुस सहित पक्राउ

ललितपुरबाट नापी सर्वेक्षक यादव अढाइ लाख घुस सहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० माघ २०८०
  • 2.2K
    Shares

घुस

पोखरा, १० माघ २०८० /

नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया