गण्डकी प्रदेशमा झन्डै दुई महिनादेखि एक जना सहायक हवल्दारसहित तीन जना प्रहरी सम्पर्कबिहीन

गण्डकी प्रदेशमा झन्डै दुई महिनादेखि एक जना सहायक हवल्दारसहित तीन जना प्रहरी सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० माघ २०८०
  • 6.6K
    Shares

दौडिरहेका प्रहरी

पोखरा, १० माघ २०८० /
झन्डै दुई महिना यता गण्डकी प्रदेश मातहतका तीन जना प्रहरी सम्पर्कबिहीन भएका छन्। सम्पर्कबिहीन भएका तीन जनामध्ये एक जना सहायक हवल्दार र बाँकी दुई जना प्रहरी जवान रहेका छन्। ,

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार, इलाका प्रहरी कार्यालय आँबु खैरेनी तनहुँमा कार्यरत सहायक हवल्दार रुद्रबहादुर काउचा, प्रहरी चौकी बाबियाचौर म्याग्दीकी प्रहरी जवान सुमिक्षा बिक र इलाका प्रहरी कार्यालय चिसापानी स्याङजामा कार्यरत प्रहरी जवान प्रमोद रानामगर अहिले सम्पर्कबिहीन छन्। प्रहरी सहायक हवल्दार काउचा गएको मंसीर २८ गतेदेखि तथा प्रहरी जवानद्वय बिक मंसीर १४ गतेदेखि र रानामगर पुष १ गतेदेखि कार्यालयमा सम्पर्कमा छैनन्।

यसरी सम्पर्कबिहीन हुनेहरुमा उनीहरु मात्र हैन, नेपालभरीबाट तीन जना असई, दुई जना प्रहरी सहायक हवल्दारसहित कुल २४ जना प्रहरी कार्यालयबाट सम्परक्बिहीं भएका छन्।

यसैबीच प्रहरी प्रधान कार्यालयले एक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र सम्पर्कबिहीन हुनुको कारणसहित उपस्थित हुन भनेको छ। अन्यथा प्रहरी नियमावली अनुसार वर्खास्त गरिने पनि उक्त सुचनामा चेतावनी दिएको छ।

प्रतिक्रिया