पोखरा, ९ माघ २०८० /
नेपाल पत्रकार महासंघ कास्कीले यस जनसञ्चार डट कमका प्रधान सम्पादक ओम हमाल लगायत पांच जना पत्रकारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ। नेपाल पत्रकार महासंघ कास्कीको आज बसेको कार्य समिति बैठकले पुरस्कार छनोट समितिको सिफारिस वमोजिम प्रधान सम्पादक हमाल लगायत पांच जना पत्रकारहरुलाई सम्मान गर्ने घोषणा गरेको हो।
आजको बैठकले गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०८० बाट प्रधान सम्पादक हमाल, २०७९ बाट कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई सम्मानित गर्ने निर्णय गरेको सचिव माधव बरालले जानकारी दिए । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।
टंकादेवी-तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लगेकी हुन् ।
पुरस्कृत पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् । उनीहरुसँगै सोही दिन पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने उनले बताइन् ।