नेपाल-भारत सीमामा आफ्नै गाउँका साथीलाई गोली हानेर भागेका भारतीय शार्प शुटर बाराबाट पक्राउ

नेपाल-भारत सीमामा आफ्नै गाउँका साथीलाई गोली हानेर भागेका भारतीय शार्प शुटर बाराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ माघ २०८०
  • 3.2K
    Shares

पोखरा, ९ माघ २०८० /

बारास्थित नेपाल-भारत सीमामा भारतीय नागरिकको गोली हानेर हत्या गरेर भागेका एक जना भारतीय शार्प शुटरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले शार्प शुटर भारतको दर्पा थाना ग्राम पंचायत तिनकोनि वडा नम्बर १ सुक्लहिया टोल बस्ने २२ वर्षीय रुपेश कुमार महतोलाई पक्राउ गरेको हो। महतोले गएको असोज ९ गते साँझ ६.१० बजेको समयमा बारा जिल्लाको पच्तौरा नगरपालिका वडा नम्बर ६ स्थित नेपाल-भारत सीमाको लक्ष्मीनियामा आफ्नै गाउँका २२ वर्षीय अजितकुमार सिंहको गोली हानि हत्या गरेको प्रहरीले आरोप लगाएको छ।

पक्राउ परेका महतोलाई प्रहरीले फ़ैउसला कार्यान्बयनका लागि जिल्ला अदालत बारामा बुझाइएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया