कक्षा कोठामै पसेर छात्रामाथि हातपात गर्ने युवा गोरखाबाट पक्राउ

कक्षा कोठामै पसेर छात्रामाथि हातपात गर्ने युवा गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ माघ २०८०
  • 3.4K
    Shares

स्कुलभित्रै पसेर छात्रामाथि हातपात गरेको आरोप लागेका मदन थापा मगर

पोखरा, ८ माघ २०८० /

कक्षा संचालन भैरहेका बेला बिद्यालय परिसरभित्रै पसेर एक छात्रामाथि हातपात गर्ने एक यूवालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। गोरखाको रत्नराज्य माध्यामिक विद्यालयको परिसर भित्र कक्षा सञ्चालन भई रहेको अवस्थामा अनाधिकृत रुपमा प्रवेश गरी कक्षा १२ मा अध्ययनरत छात्रा बर्ष १७ की संजिता ढकाललाई गाली गलौज तथा हातपात गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका वडा नं. १० विरेनचोकका २० वर्षीय मदन थापा मगरलाई पक्राउ गरेको हो।

अभियूक्त मगरले ती छात्रालाई गत ४ गते बिहीबार कक्षाकोथामा नै पसेर हातपात तथा गालीगलौज गरेको प्रहरीले आरोप लगाएको छ।

आरोपी मगरलाई आइतबार पक्राउ गरिएको गोरखाका प्रहरी नायव उपरिक्षक एवम सूचना अधिकारी रमेश कुमार श्रेष्ठले बताए । उनी विरुद्ध सोमबार अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया