गएराती दाङमा यात्रुबाहक बस दुर्घटनाग्रस्त : दुई जना यात्रुको घटनास्थलमै मृत्यु, दुई जना घाइते

गएराती दाङमा यात्रुबाहक बस दुर्घटनाग्रस्त : दुई जना यात्रुको घटनास्थलमै मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ माघ २०८०
  • 3.9K
    Shares

पोखरा, ८ माघ २०८० /

गएराती दाङमा यात्रुबाहक बस दुर्घटनाग्रस्त हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश-३-०१-००५ख ९७१९ नम्बरको रात्रि बस आइतबार राति करीब ११ बजे दाङको लमही नगरपालिका-९ रिहार नजिकै गए राति दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। डिएसपी मल्लका अनुसार दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

त्यस्तै, दुर्घटनामा चालक मात्रै घाइते छन्। बसमा सवार अन्य यात्रु निदाएको वेला दुर्घटना भएको तथा उनीहरू सबै सकुशल रहेको प्रहरीले बताएको छ।

मृतक दुवै जनाको शव पोस्टमोर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको मल्लले बताए।

प्रतिक्रिया