सामुदायिक वनमा शिकार खेल्न गएका पांच युवा बागलुङमा बन्दुकसहित पक्राउ

सामुदायिक वनमा शिकार खेल्न गएका पांच युवा बागलुङमा बन्दुकसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ माघ २०८०
  • 5.4K
    Shares

बागलुङमा शिकार खेल्न गएका युवा पक्राउ

पोखरा, ७ माघ २०८० /

गएराती सामुदायिक वनमा शिकार खेल्न गएका पांच जना युवा भरुवा बन्दुक सहित बागलुङमा पक्राउ परेका छन्। बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ८ स्थित गाइथुने भुनेवा सामुदायिक वनमा शिकार खेल्न गएका पांच युवा गएराती भरुवा बन्दुक सहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमध्ये चार जना बाँके जिल्लाको राप्ति सोनारॆ गाउपालिका वडा नम्बर ५ निवासी हुन् भने अर्का एक जना बागलुङको जैमिनी ८ बस्ने वर्ष २४ को तुलबहादुर नेपाली हुन्। बागलुङका नेपालीका साथमा शिकार खेल्न गएका बाँकेको राप्ति सोनारॆ ५ का वर्ष ३४ को विष्णुबहादुर कुमाल, सोही ठाउँको वर्ष २४ को सुनिल कुमाल, वर्ष ४१ को रामबहादुर कुमाल र वर्ष ३० को बुद्धि बहादुर कुमाल शिकार खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। उनीहरुको साथबाट एउटा घरेलु बन्दुक, टर्च लाइट र बारुदको धुलो बरामद गरिएको प्रहरीको दाबी छ।

उनीहरु बिरुद्ध हातहतियार तथा खरखजान सम्बन्धि मुद्दमा बागलुङ्ग जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया