पोखरा, ७ माघ २०८० /
आफुलाई पक्राउ गर्न आएका प्रहरीलाई सांघातिक आक्रमण गरेर दार्चुलाबाट एक जना भागेका छन। आफूलाई पक्राउ गर्न आएका सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत दुई जना प्रहरीलाई सांघातिक आक्रमण गरेर दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवर भागेका हुन्।
श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी परे पछि कुंवरलाई पक्राउ गर्न उगेको प्रहरी टोलीमाथि कुँवरले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। कुँवरले गरेको चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् । जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । घाइते प्रहरीको दार्चुलामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई चक्कु हानेर घाइते बनाई भागेका कुँवरको खोजी भैरहेको प्रहरीले बताएको छ।