सुदूरपश्चिमका दुई युवाको शव भारतको कर्नाटकमा क्षतविक्षत अवस्थामा भेटियो

सुदूरपश्चिमका दुई युवाको शव भारतको कर्नाटकमा क्षतविक्षत अवस्थामा भेटियो


  • जन संचार
  • आइतबार, ७ माघ २०८०
  • 7.1K
    Shares

भारतको कर्नाटक राज्यको नघबारामा सुदूरपश्चिमका दुई युवक मृत भेटिएका छन्। कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट मृत भेटिएका हुन्।

मृतक दिपकका दाजु इश्वर खड्काका अनुसार बुधवार रातिदेखि वेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको बताए।

दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ। उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको इश्वर खड्काले बताए। अहिले दुबैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

प्रतिक्रिया